लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सभाको अधिवेशन आह्वान

नवलपुर टुडे
२०८० फाल्गुन ८ | मध्यान्ह ०७:११ बजे

दाङ । लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक फागुन १८ गते दिउँसो ३ बजे बस्ने भएको छ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले दोस्रो लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेअनुसार प्रदेश सभाको बैठक बस्न थालेको हो।

प्रदेश सचिव दुर्लभकुमार पुन मगरले प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम १ बमोजिम प्रदेश सभा सदस्यहरुको जानकारीको लागि सूचना प्रकाशित गरिएको जानकारी दिए।

कमेन्टहरु