मधेश प्रदेश

रौतहटमा सामाजिक सद्भाव कायम राख्न प्रमुख जिल्ला अधिकारी रेग्मीको अपील

अशोक यादव
२०८० फाल्गुन ८ | मध्यान्ह ०५:११ बजे

रौतहट, फागुन ८ । जिल्ला प्रशासन कार्यालय रौतहटले सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विज्ञप्ति जारी गरेर सामाजिक सद्भाव कायम राख्न अपील गरेका छ्न ।

सर्वपक्षीय छलफलको निर्णयअनुसार ईशनाथ–७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ती विसर्जन गरिएको भन्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन् ।

फाल्गुन ५ गते ईशनाथ न.पा.–७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादको सम्बन्धमा फाल्गुन ७ गते प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रतिनिधि सभा सदस्य माननीय किरण कुमार साह, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादव, प्रदेश सभा सदस्य माननीय मो. जैद आलम, संविधान सभा सदस्य माननीय सुरेन्द्र जसयवाल, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी बल नं.२ मधेश प्रदेशका सशस्त्र प्रहरी नायब, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालयका अनुसन्धान निर्देशक, ईशनाथ नगरप्रमुख कौशल्या देवी, राजपुर नगरप्रमुख डा.मो. राजीक आलम, ईशनाथ नगरउपप्रुख मो.प्रवेज, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु तथा सम्पूर्ण राजनितिक दलका प्रतिनिधिहरु, विभिन्न पदका प्रत्यासीहरु, हिन्दु मुस्लिम दुवै समुदायका अगुवाहरु, नागरिक समाज, पत्रकार, संचारकर्मी एवं सम्बन्धित सरोकारवाला पक्षहरु समेत सम्मिलित सर्वदलीय/सर्वपक्षीय बैठकबाट छलफल भई सरस्वती पूजाको मूर्ती विसर्जन तत्काल गर्ने निर्णय भए बमोजिम शान्तिपूर्ण एवम् सौहार्दपूर्ण वातावरणमा अन्यन्तै हर्षोल्लास साथ मूर्ती विसर्जन गर्ने कार्य सम्पन्न भएकोमा उल्लेखित महानुभावहरुले सामाजिक सद्भाव राख्ने कार्यमा निर्वाह गर्नुभएको अहम् भूमिकाका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै अगामी दिनहरुमा समेत यस्तै साथ सहयोगको अपेक्षा राख्दछौँ,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

photo 2024 02 20 16 59 28

कमेन्टहरु