मधेश प्रदेश

सांसद साहको नेतृत्वमा प्रजिअसहितको टोलीद्वारा क्षतिग्रस्त मस्जितको निरिक्षण

अशोक यादव
२०८० फाल्गुन ८ | मध्यान्ह ०२:११ बजे

रौतहट, फागुन ८ । रौतहट निर्वाचन क्षेत्र न. २ को घिउरा लगायत विभिन्न ठाउँमा सरस्वती माताको मुर्ती सेलाउने क्रममा देखिएको विवादको प्रतिकार स्वरुप हिन्दु बहुलियता भएको गाउँ औरैयामा मस्जिदमा भएको माइक तोडफोड बारे मंगलबार संघीय सांसद तथा समाजिक मामिला समितीको सभापति किरण साहको नेतृत्वमा स्थलगत अनुगमन तथा निरीक्षन गरिएको छ ।

photo 2024 02 20 14 42 51

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारि हिरालाल रेग्मी जनपथ सुरक्षा प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ, लगायत सरोकार वाला निकाय, स्थानीय बुद्धिजीवी, प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अनुगमनको क्रममा देखिएको क्षतिपुर्ती नगरपालिकाबाट पूरा गर्ने गरी मंगलबारदेखि नै मस्जिदमा माइक जडान गराइ आपसी भाइचारा कायम गरी सधैको जस्तै सबै समुदाय आ-आफ्नो धर्म सस्कृति स्वतन्त्र रुपमा मनाउने निर्णय गरिएको छ ।

त्यस्तै सांसद साहलाई बदनाम गर्ने गरी समाजिक संजालमार्फत हिन्दुवादी नेता मात्रै भनी रहदा त्यो गलत भएको साबित भएको सांसद साहले बताए ।

कमेन्टहरु