रौतहटको पतौरा उत्खनन क्षेत्रमा अनौठो दृश्य


रौतहट । रौतहटको मौलापुर नगरपालिकाको पतौरामा पुरातात्विक महादेव मन्दिर क्षेत्रमा उत्खनन भईरहेको छ । उक्त उत्खननको क्रममा आइतबार र सोमबार साँझ ८ बजेको समयमा अनौठो दृश्य (प्रकाश) देखिएको छ ।
झण्डै २० मिनेटसम्म बलिरहेको प्रकाश सानोबाट ठुलो भई निभेको थियो । याे के काे प्रकाश ? कसरी निस्केको हाे भने सबै गाउँ वरिपरि हल्ला हुनै बितिकै आगाेलाई हेर्न छरछिमेकिकाे भीड लागेकाे प्रत्यक्षदर्शी रामप्रवेश यादब ले बताए ।
बिगतका केही बर्षदेखि माैलापुर नगरपालिकास्थित उक्त ठाउँमा नाैलाे दूश्य देख्न बितिकै पुरातात्त्विक मन्दिर रहेका ठाउँमा अझै ठुल-ठुला पुरानो नदिनाला, दरवार लगायतका अदभूत दूश्य उत्पन्न हुन सकिनेछ भने जानकारहरूले बताएका छन ।
राैतहट जिल्लाकाे बेग्लै पहिचान रहेका यस क्षेत्रमा प्रत्येक साल महाशिवरात्रिकाे दिन लाग्ने मेलामा बिभिन्न कलाकारहरू आउने गर्छन । यसपालि भारत तथा नेपालका बिभिन्न कलाकारहरू आउने भएका छन ।महाशिवरात्रिकाे अबसरमा भारतबाट हिन्दी फिल्मका नायक गाेबिन्दाकाे आगमन हुने भएका छन ।























