रौतहटमा अबैध कुखुरा नष्ट

अशोक यादव
२०८० फाल्गुन ७ | मध्यान्ह ०५:११ बजे

रौतहट, फागुन ७ । रौतहट प्रहरीले अवैध कुखुरा नष्ट गरिएको छ । साेमवार बिहान ९;३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कोप्वापिपरीया रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहट परोहा न.पा. वडा नं. ६ हवारी चोकस्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याईएको ब्रोईलर कुखुरा बरामद गरी नष्ट गरिएको हो ।
उक्त अबैध कुखुरा साईकलमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा फेला पारी ४ थान साईकल र बोईलर कुखुरा ६० वटा अन्दाजी १२० किलो गरी रु.३८,४०० ।- बराबरको रहेको प्रहरी जानकारी दिए ।
नियन्त्रणमा लिएका कुखरा स्थानीय जनप्रतिनिधी, बुद्धिजिवी र संचारकर्मीसमेतको रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङगणमा उक्त ब्रोईलर कुखुरा नष्ट गरिएको प्रहरीले जानकारी दिए ।























