बालिका बलात्कार आरोपमा पूर्वमाओवादी लडाकु कमाण्डर पक्राउ

नवलपुर टुडे
२०८० फाल्गुन ७ | मध्यान्ह ०३:११ बजे

हेटौंडा, फागुन ७ । बलात्कार गरेको आरोपमा सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर पक्राउ परेका छन् ।
फागुन ४ गते मकवानपुरकी १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सिन्धुली मरिन गाउँपालिका ७ का हरि श्रेष्ठ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार श्रेष्ठलाई पहिलोपटक म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
जन युद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए ।























