गरुडा नगरमा बिजुली पानी निशुल्क उपलब्ध गराउनु पर्ने आईटी आर्मीको माग


रौतहट, फागुन ६ । राैतहटकाे गरूडा नगरपालिकामा आइतबार आम जनता पार्टी निकट भातृसंगठन आईटी आर्मीद्वारा गरुडा नगरपालिकामा बिजुली र पानी निशुल्क गराउन नगरप्रमुख कन्तमुनी जयसवाललाई ज्ञापन पत्र बुझाईएको छ ।
आईटी आर्मीका केन्द्रीय सचिव रविन्द्र यादव र सदस्य आमिन्द्र यादवको नेतृत्वमा “भागबन्डा बन्द गर, बिजुली पानी फ्री गर” भन्ने नारासहित बुझाईएको ज्ञापन पत्रमा शून्य कर नीति लागु गर्नसमेत माग गरिएकोछ ।
गरूडा नगरपालिकामा नगर भरिका सबै जनताहरूकाे लागि दैनिक जीवनमा उपयाेग हुने अति आबश्यक पानी जरुरी भएकाले गरिब, दलित, बिपन्न परिवारलाई शुद्ध खाने पानी निशुल्क उपलब्ध गराउनु पर्ने माग गरेको छ ।गरिबिको कारण बाध्य भएर चापाकलकाे पानी खाईरहेकाे जनतालाई शुद्ध खानेपानी निशुल्क उपलब्ध गराउनु पर्ने माग गरेको छ ।
कसै -कसैलाई अहिलेसम्म बिजुलीको पहुँच भएपनि बिजुलीको बिल तिर्न नसक्ने अबस्था भएकाले धेरै समस्या झेल्नु परिरहेकाे छ । त्यसैले गरिबी जनतालाई निशुल्क बिद्युत उपलब्ध गराउनु पर्ने मागसहित ज्ञापन पत्र बुझाएको हो ।

ठुल ठुला धनाढ्य परिवारले मात्र शुद्ध पानीकाे प्रयाेग गरिरहेकाले सम्मान पुर्व सबैको अधिकार भएकाले नगरबाट सबैलाई सम्मान बराबरको अधिकार दिनकाे लागि बिज्ञापन पत्र बुझाएको यादबले बताएका छन ।























