मधेश प्रदेश

रौतहटको ईशनाथमा कर्फ्यु लम्बियो

नवलपुर टुडे
२०८० फाल्गुन ६ | मध्यान्ह ०४:११ बजे

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधि लम्बिएको छ । कर्फ्युको समयमै उश्रृंखल गतिबिधि बढेपछि कर्फ्यू अवधि बढाएको स्थानीय प्रशासनले जनाएको छ।

ईशनाथ– ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउने विषयमा दुई समुदायबीच झडप हुँदा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । सरस्वतिको मुर्ति सेलाउन लैजाने समूहमाथि शनिबार घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुरलगायत आधा दर्जन मानिस घाइते भएका थिए।

झडपमा मुस्लिम समूदायतर्फका पनि घाइते भएका, तर संख्या यकीन हुन नसकेको प्रहरीले जनाएको छ । घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआईजी दीपेन्द्र साहसमेत घटनास्थल पुगेका छन्।

423036744 413913751087065 4469750583854356506 n.jpg' '.2024 02 18

कमेन्टहरु