मधेश प्रदेश

रौतहटमा कर्फ्यूबिच मूर्ति सेलाउने योजना, ७ सय प्रहरी परिचालन

नवलपुर टुडे
२०८० फाल्गुन ६ | मध्यान्ह ०२:११ बजे

रौतहट । रौतहटको ईशनाथ नगरपालिका-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदायबिच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रहरीको २४ घण्टा बढीको प्रयास असफल हुँदा शनिबार दुई समुदायबिच पुनः झडप भएपछि प्रजिअ हिरालाल रेग्मीले एक सूचना जारी गर्दै कर्फ्यू आदेश जारी गरेका हुन् ।

घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रबार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई समुदायबिच झडप भएको थियो। झडपमा दुवै पक्षका मानिसलाई चोटपटक लागे पनि प्रहरीले घाइतेको सङ्ख्या यकिन नभएको जनाएको छ। 

शनिबार साँझ ५ बजेदेखि लागु हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालको लागि कर्फ्यू आदेश जारी गरिएको छ ।

 

कमेन्टहरु