मैत्रीपूर्ण क्रिकेट खेलमा पत्रकार महासंघ धनुषा र नवमिथिला फाउन्डेसन विजयी


जनकपुरधाम, फागुन ६ । जनकपुरधामस्थित बाह्रबिघा मैदानमा भएको मैत्रीपूर्ण क्रिकेट खेलमा नेपाल पत्रकार महासंघ धनुषा र नवमिथिला फाउन्डेसन विजयी भएका छन् ।
शनिबार रंङ्गभूमि मैदानमा भएको पहिलो खेल नेपाल पत्रकार महासंघ धनुषा र जनकपुर उद्योग बाणिज्य संघ बिच भएको थियो । जसमा जनकपुर उद्योग बाणिज्य संघले टस जितेर पहिला ब्याटिङ गरेको थियो । जनकपुर उद्योग बाणिज्य संघको क्रिकेट टिमले निर्धारित १२ ओभरमा ६ विकेट गुमाएर ५३ रन बनाएको थियो ।
पहिले ब्याटिङ्ग गरेको जनकपुर उद्योग बाणिज्य संघ तर्फबाट माया कुमारीले सर्वाधिक १२ रन बनाए । नेपाल पत्रकार महासंघ धनुषाको तर्फ बाट घनश्याम मिश्राले २ विकेट लिए ।
जवाफमा ब्याटिङ्ग गर्न आएको नेपाल पत्रकार महासंघ धनुषाका क्रिकेट टिमले ८.२ ओभरमा ६ विकेटको क्षतिमा ५४ रन बनाएर ४ विकेटले खेल जित्यो । नेपाल पत्रकार महासंघ धनुषाका क्रिकेट टिमका तर्फबाट कमलेश ठाकुरले सर्वाधिक १४ रन बनाएका थिए ।
जनकपुर उद्योग बाणिज्य संघको क्रिकेट टिमबाट बलिङ गरेका बलर मध्ये मनिस रमणले सर्वाधिक ३ विकेट लिए । उक्त खेलमा नेपाल पत्रकार महासंघ धनुषाका क्रिकेट टिमका घनश्याम मिश्र म्यान अफ द म्याच भए ।
यस्तै आजको दोस्रो खेल जनकपुर जेसिज र नव मिथिला फाउन्डेसन बिच भएको थियो । जसमा जनकपुर जेसिजले टस जितेर पहिला ब्याटिङ गरेको थियो । जनकपुर जेसिजको क्रिकेट टिमले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १५६ रन बनाएको थियो ।
पहिले ब्याटिङ्ग गरेको जनकपुर जेसिजको तर्फवाट सिद्धार्थ चौधरीले सर्वाधिक ७५ रन बनाए । नव मिथिला फाउन्डेसनको तर्फबाट शम्भुले २ विकेट लिए ।
जवाफमा ब्याटिङ्ग गर्न आएको नव मिथिला फाउन्डेसनका क्रिकेट टिमले १४ ओभरमा ३ विकेटको क्षतिमा १५७ रन बनाएर ७ विकेटले खेल जित्यो । मिथिला फाउन्डेसनका क्रिकेट टिमका तर्फबाट सन्देश कटुवालले ५० रन र गौतम झा ले ५४ रन बनाएका थिए ।
जनकपुर जेसिजको क्रिकेट टिमबाट बलिङ गरेका बलर मध्ये बिनय साहले १ विकेट लिए । उक्त खेलमा नव मिथिला फाउन्डेसनका क्रिकेट टिमका सन्देश कटुवाल म्यान अफ द म्याच भए ।























