दुर्घटना, बागमती प्रदेश

मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

नवलपुर टुडे
२०८० फाल्गुन ५ | बिहान ०९:११ बजे

चितवन, फागुन ५ ।  चितवनको भरतपुर महानगरपालिका–१२ गोन्द्राङमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ ।

शुक्रवार साँझ ६ः१० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले गोन्द्राङ बस्ने सुनिता श्रेष्ठको ३ वर्षीय छोरा विमर्श श्रेष्ठलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका विमर्शको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शुक्रवार राति ८ः१८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

विमर्शलाई टाउकोमा चोट लागि गम्भिर अवस्थामा उपचारको लागि अस्पताल पु¥याइएको थियो । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले बताएको छ ।

कमेन्टहरु