मुख्यमन्त्रीद्वारा गनवरिया-शान्तिनगर सडककाे शिलान्यास

कपिलवस्तु । जिल्लाकाे महराजगंज नगरपालिकाकाे गनवरिया-शान्तिनगर सडकखण्ड निर्माणका लागि शिलान्यास कार्य सम्पन्न भएकाे छ । ग्रामीण बिकास तथा साना शहरी पुर्वाधार निर्माण कपिलवस्तु अन्तर्गत हुलाकी राजमार्गको गनवरिया चोकदेखि दक्षिण सेमरी हुँदै शिसवा, शान्ति नगरसम्मको सडक निर्माण कार्यको लुम्बिनी प्रदेस सरकारका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शुक्रबार शिलान्यास गर्नुभएको छ ।
कार्यक्रम महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम खांको अध्यक्षतामा सम्पन्न भएको हो । पुर्वराज्यमन्त्री एवं कांग्रेस नेतृ रिना नेपालकाे पहलमा सडक निर्माण याेजना अघि बढेपनि बाँकी बचेकाे कुशहवा बढ्नी बोर्डरसम्मकाे बाटाेेलाई समेत समेटेर बजेट बिनियाेजन गरिदिन लुम्बिनी प्रदेश सरकारलाई उपस्थित जनप्रतिनिधिले मन्चबाटै अनुराेध गरेका थिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीराम चाैधरीले कपिलवस्तु जिल्लाकाे सांस्कृतिक, ओैधाेगिक एवं सशक्त सामाजिक रुपान्तरणमा आफू कटिबद्ध रहेकाे बताउनुभयाे ।
कपिलवस्तु नगरपालिका मेयर सुदिप पौडेल र बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ लगायत विभिन्न जनप्रतिनिधि एवं राजनैतिक दलका प्रमुख तथा सहरी बिकास मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।























