निम्न माध्यमिक तहको शिक्षकका लागि दरखास्त आह्वान

जगत ठाडा मगर
२०८० फाल्गुन २ | बिहान ०९:११ बजे

काठमाडौँ, फागुन २ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा दर्खास्त आह्वान गरेको छ ।
शिक्षक सेवा आयोगले मंगलबारको निर्णयानुसार बुधबारदेखि आवेदन खुलाइएको आज एक सूचनामार्फत जानकारी दिएको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो ।
अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । उम्मेदवारहरूले आयोगको दरखास्त अनलाइन पोर्टल https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।
























