पाल्पा जिप दुर्घटना अपडेट : ३ पुरुष र ५ जना महिलाको मृत्यु,सनाखत हुन बाँकी

पाल्पा, फागुन १ । पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये ३ जना पुरुष र ५ जना महिला रहेका छन् । मंगलबार भएको जिप दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेहरूलाई लुम्बिनी मेडिकल कलेज प्रभास ल्याउँदै गरिएको छ । मृतक र घाइतेको भने सनाखत भएको छैन । पाल्पाको तिनाउ गाउँपालिका – ६ चिदिसमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।
डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेका छन् । दुर्घटनास्थलमा खटिएका प्रहरीले भने जिल्लाको टोली पुगेपछि मात्रै मृतकहरुबारे जानकारी दिने बताएको छ ।
प्रहरी चौकी प्रभासको टोली र स्थानीयले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।























