पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, १४ जना घाइते
टोप कामु मगर
२०८० फाल्गुन १ | मध्यान्ह ०६:११ बजे

पाल्पा, फागुन १ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका – ६ चिदिसमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।
डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेका छन् । दुर्घटनास्थलमा खटिएका प्रहरीले भने जिल्लाको टोली पुगेपछि मात्रै मृतकहरुबारे जानकारी दिने बताएको छ ।
प्रहरी चौकी प्रभासको टोली र स्थानीयले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।























