कृष्णनगरबाट लागुऔषध चरेससहित २ महिला पक्राउ


कपिलवस्तु, माघ २९ । कपिलवस्तु प्रहरीले लागु औषध चरेससहित कृष्णनगर नाका नजिकबाट २ महिलालाई पक्राउ गरेको छ ।
ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले ४ के.जि. ९६४ ग्राम लागु औषध चरेससहित दुई महिलालाई नियन्त्रणमा लिएको हो । सोमबार साँझ रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा रोल्पा दुईखोली गाउँपालिका – १ बस्ने बर्ष ३३ की रश्मि बुढाको साथबाट ३ के.जि १३८ ग्राम र बर्ष ४३ की तुलसा रोका मगरको साथबाट १ के.जि. ८२६ ग्राम लागु औषध चरेस बरामद गरेको हो ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा निजहरूलाई खानतलासी गर्दा कपडाको पेटि बनाई कम्मरमा बाधी लुकाइ छिपाई राखेको अवस्थामा बुढाको साथमा ५ पोका र रोका मगरको साथमा ४ पोका चरेश फेला परेको हो ।
लागुऔषध चरेससहित पक्राउ गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।























