रौतहटबाट अबैध काठ बरामद

अशोक यादव
२०८० माघ २९ | मध्यान्ह ०७:१० बजे

रौतहट, माघ २९ । रौतहटबाट अबैध काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले साेमबार बिहान ०४:४५ बजे प्रहरीको गस्ती टाेलीले अबैध काठ बरामद गरेकाे हो ।
चन्द्रपुर न.पा. ४ स्थित अस्पताल रोड तर्फ जादै गरेको अवस्थामा उत्तरबाट साईकलमा काठ लोड गरी लिई आईरहेका मानिसहरूले प्रहरी टोलीलाई देख्न साथ साईकल ४ थान र १९ थान अं.१६ क्यू फिट साल जातको कडी काठ नियन्त्रणमा लिईका हुन ।
बरामद काठ र साईकलसहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर पठाईएको ईलाका प्रहरी चन्द्रनिगाहपुरले जानकारी दिएका छन ।























