मधेश प्रदेश, राजनीति

एमाले रौतहटको १० औं जिल्ला अधिवेशन : मतदान जारी

अशोक यादव
२०८० माघ २९ | मध्यान्ह ०१:१० बजे

रौतहट, माघ २९ । राैतहट एमाले १० औं जिल्ला अधिवेशनमा जिल्लाकाे पार्टी अध्यक्ष बन्नका लागि मतदान सुरू भएकाे छ ।

अध्यक्षकाे उम्मेदवार दुई जनामा सहमति नभएपछि आज साेमबारका दिन मतदानस्थल गरूडा पार्टी कार्यालयमा बिहान १० बजेदेखि मतदान शुरू भएकाे हो । जम्मा मतदाताकाे संख्या ४२६ मध्ये अहिलेसम्म १७६ जनाले मतदान गरिएको छ भने बाँकी रहेका मतदाताले मतदान गरिरहेका छन् ।

जसमध्ये आकांक्षी उमेदवार सच्चिदानन्द साह र अखिलेश चौधरीले एकैपटक मतदान गरेका छन् । मतदान समापन भएपछि आजै बेलुकासम्म मत परिणाम आउन सक्ने राैतहटका निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

कमेन्टहरु