नेपाल एयरलाइन्सको जहाजमा क्यान्सरका बिरामीलाई नि:शुल्क हवाइ सेवा

जगत ठाडा मगर
२०८० माघ २२ | मध्यान्ह ०२:१० बजे

काठमाडौं, माघ २२ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्यान्सर पीडित बिरामीहरूलाई नि:शुल्क हवाइ सेवा दिँदै आएको छ ।
निगमले सामाजिक उत्तरदायित्त्व अन्तर्गत पीडित परिवारलाई राहत दिने उद्देश्यले पीडितलाई शत प्रतिशत छुट र कुरूवालाई ५० प्रतिशत छुट सेवा दिँदै आइरहेको जनाएको छ । यसका लागि डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिस चाहिन्छ ।
सन् २०२३ मा काठमाडौं-दिल्ली-काठमाडौं गन्तव्यमा ७७० जनाले नि:शुल्क हवाइ सेवा लिएको निगमले जनाएको छ ।























