समाचार

काभ्रेको पनौतीमा ७३ बोरा गाँजासहित तीन जना पक्राउ

जगत ठाडा मगर
२०८० माघ २२ | मध्यान्ह ०२:१० बजे

काभ्रे, माघ २२ । काभ्रेपलाञ्चोकको पनौतीबाट प्रहरीले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले सोमबार बिहान पनौती नगरपालिका -५ आईटी पार्कस्थित बनेपा सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बरको डीआई गाडीमा भर्खर काटेको जस्तो हरियो देखिने अप्रशोधित गाँजा ७३ बोरा बरामद गरेको थियो ।

प्रहरीले गाँजासहित गाडीका चालक नुवाकोट बिदुर – ११ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप – ८ घर भई हाल काठमाडौं बालाजु डेरा गरी बस्ने २० वर्षीय संजीव तामाङ र रामेछाप – ८ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने ५३ वर्षीया बिमला तामाङलाई पक्राउ गरिएको छ । 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु