मधेश प्रदेश

राैतहटकाे गढिमाई नगरपालिकामा १०औं हिउँदे नगरसभा सम्पन्न

अशोक यादव
२०८० माघ २१ | मध्यान्ह ०८:१० बजे

रौतहट, माघ २१ । रौतहटको गढिमाई नगरपालिकाको १०औं नगरसभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ ।

पालिका प्रमुख श्याम प्रसाद यादवको सभापतित्वमा पालिकाको सभाहलमा भएको कार्यक्रमले करारमा कार्यरत कर्मचारी कटौती गर्दै प्रोत्साहन भत्ताको ३० प्रतिशत रकम कटौती लगायतका १२ वटा प्रस्तावहरु सर्वसम्मत रुपमा पास गरेको प्रमुख प्रशासकीय अधिकृत श्रीदेब यादबले जानकारी दिए । 

यस्ता छन् नगरसभाले पारित गरेका १२ विषयहरु
१. प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०८० को मस्यौदा ।
२. नगर प्रहरीको संचालन, व्यवस्थापन र नियमन गर्न ऐन, २०८० को मस्यौदा ।
३. स्थानीय उद्योग/व्यवसाय दर्ता, नविकरण, व्यवस्थापन र नियमन गर्ने ऐन, २०८० मस्यौदा ।
४. गत आ.व. २०७९/८० को भूक्तानी हुन बाँकी रहेका सम्पन्न योजना/कार्यक्रमहरुको नगर कार्यपालिकाले गठन गरेको अनुगमन समितिले सिफारिस गरेको योजनाको भुक्तानीको मस्यौदा ।
५. बालविकास शिक्षकहरुलाई दिने मासिक थप सुविधा निरन्तरता मस्यौदा ।
६. संसोधन गर्नु पर्ने बजेट, शिर्षक तथा कार्यक्रमको मस्यौदा
७. बजेट रकमान्तर सम्बन्धमा ।
८. प्रोत्साहन भत्ता कटौती सम्बन्धमा ।
९. सशर्त अनुदान तथा कार्यक्रम अन्तर्गत कार्यरत करार कर्मचारीहरुको सुविधा सम्बन्धमा
१०. नगर कार्यपालिकाको मिति २०८०/०९/०४ गतेको निर्णय अनुमोदनको लागि नगर सभा पेश गर्न सम्बन्धमा ।
११. गरिवनाथ महादेवको मुर्ति निर्माणको लागि कालीगण्डकी नदीबाट शालीग्राम पत्थर ल्याएको सम्बन्धमा ।
१२. समनपुर स्वास्थ्य चौकी भवन जिर्नोद्वार

photo 2024 02 04 20 27 36

नयाँ प्रमुख प्रशासकीय अधिकृत यादब आएपछि माथिका यी कार्यको थालनी भएको कार्यपालिका सदस्यहरुको भनाई छ । मिडियाको नाममा केही ब्यक्तिले गरेको नगर बजेट दोहनका कारण मेयर आफै अनविज्ञ रहेको अवस्थामा नयाँ कार्यालय प्रमुखले केही परिवर्तन ल्याउनेमा नगरप्रमुख ढुक्क देखिन्छन् ।

कमेन्टहरु