मधेश प्रदेश

जनयुद्धका सहिद परिवारले देश व्यापी आन्दोलन गर्ने

अशोक यादव
२०८० माघ २० | मध्यान्ह ०७:१० बजे

रौतहट, माघ २० । जिल्लाको मध्य भाग गरूडा नगरपालिका अवस्थित गरुडा बजारमा शनिबार सहिद परिवारका बैठक सम्पन्न भएकाे छ । सहिद परिवार उमा देवीकाे अध्यक्षतामा साे बैठक सम्पन्न भएकाे छ ।

एकल महिलाका मधेस प्रदेश उपा-अध्यक्ष सोमरिया देवी पासवान लगायत मधेस प्रदेशमा सहिद परिवारहरुबिच चिरपरिचित कामले लोकप्रिय रहेका राजु महतो लगायत सहिद परिवारहरुको स्थानीय तहबाट नेतृत्व सहिद परिवारहरुको नेतृत्व गर्ने मात्र नेतृत्व कर्ताहरुकाे उपस्थितिमा बसेको बैठकले पावर र पहुँचको भरमा पटक पटक राजनीति नियुक्ति खाने अवसरवादी कविता ठाकुरलाई प्रधानमन्त्री सचिवालय, सिंहदरबारबाट नहटाए वर्तमान सरकारको विद्रोह गर्ने भएका छन।

कविता ठाकुरले पहुँचको आधारमा राजविराजकाे गजेन्द्र नारायण हस्पिटलमा राजनीति नियुक्ति पाए त्यसपछि जनकपुरको मधेशी सहिद प्रतिष्ठानमा राजनीति नियुक्ति पाए त्यसपछि नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसदकाे समानुपातिक तर्फ उम्मेदवार भए जब कि उहाँको छोरो धर्मेन्द्र बास्तोलाकाे नेतृत्वमा रहेको नेकपा बहुमत पार्टीकाे भाद्री संगठन अखिल क्रान्तिकारीकाे केन्द्रिय सदस्य सुरु देखि नै यथावत छन् त्यसपछि अहिले प्रधानमन्त्रीकाे स्वकीय सचिवालयमा राजनीति नियुक्ती पाएका छन्।

photo 2024 02 03 19 51 08

उहाँको शैक्षिक योग्यता पनि ८,१० पास हुन। राजु महतोकाे कथन योग्यता र क्षमताको आधारमा राजनीति नियुक्ति दिनु पर्यो सरकारले, जो इन्जिनियर, ब्याचलर लगायत डिग्री भएका गरिब सहिद परिवारलाई रोजी रोटीकाे लागि भए पनि कतै कार्यालय सहयोगी (पिउन) काे जागिर लगाए दिए हुन्थ्यो ।

तर जो हुने खाने छ जसको कुनै योग्यता, क्षमता छैन् त्यस्तो ब्यक्तिलाई पहुंचकाे आधारमा पटक पटक राजनीति नियुक्ति दिने प्रवृत्ति महान सहिदहरुको अपमान गरेको हो भन्ने महतोकाे गुनासो छ ।

कमेन्टहरु