अर्थ, मधेश प्रदेश

कटहरीयामा महिला बहुउद्देश्यीय सहकारी संस्थाको उद्घाटन

दिपेश कुमार शाह
२०८० माघ २० | मध्यान्ह ०७:१० बजे

रौतहट, माघ २० । रौतहटको कटहरीयामा महिला बहुउद्देश्यीय सहकारी संस्थाको उद्घाटन गरिएको छ ।

कटहरीया नगरपालीका- १ भसेरवामा सहकारीको उद्घाटन गदै कटहरीया उप नगर प्रमुख रीता देबी यादवले ग्रामीण क्षेत्रमा निष्क्रिय रहेको पूँजीलाई संकलन गरी आर्थिक विकासमा लगानी गर्न सहयोग पु¥याउने बताए । उनले संस्थालाई प्रभावकारी ढङगले सञ्चालन गर्नका लागि सुशासन आवश्यक हुनुपर्नेमा जोड दिनुभएको छ ।

सहकारीहरू नाफामुखी मात्र नभइ सेवामुखी हुनुपर्ने सहकारीकर्मीहरुको भनाई रहेको थियो । संस्थाका अध्यक्ष लक्ष्मी देबी कुशवाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न सहकारी संघका प्रतिनिधिहरु, कटहरीया नगरपालिका उप प्रमुख रीता देबी यादब मेयर प्रत्याशी नगरुदिन अन्सारी, जवहर लाल यादब, उमा कन्थ सहनी, ओमप्रकाश राम, नेपाल इलेक्टि्रकल संघका अध्यक्ष कृष्ण कुमार यादव, दयाराम दास, सरोज दास र विवेक कुमार कुशवाहा लगायतका पदाधिकारीको सहभागीता रहेको थियो ।

कमेन्टहरु