राैतहटकाे एक विद्यालयमा शैक्षिक सामाग्री वितरण


रौतहट, माघ १९ । रौतहटको गढिमाई नगरपालिकाको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएकाे छ ।
जनजागरण यूवा क्लब कलैया बाराको सहकार्य, VSO को आर्थिक सहयोगमा सहयात्रा परियोजना अन्तर्गत अाज गढिमाई नगरपालिका वडा नम्बर ६ स्थित श्री आदर्श आधारभूत विद्यालय सिङगारममा शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरिएको हो ।
रौतहट जिल्ला भरिमा जम्मा ४० जना गरीब, जेहन्दार तथा मिहिनेती छात्र/छात्रालाई शैक्षिक सुधार तथा खेलकुदकाे लागि झोला, कपि, कलर सिसाकलम, इरेजर र सिसाकलम साथै बाल क्लवको छात्र/छात्रालाई खेलकुद सामग्री फूटबल, भलिबल, ब्याडमिन्टन र क्यारेमबोर्ड लागि समेत सामाग्री वितरण गरिएकाे छ ।
साे कार्यक्रममा विद्यालयका शिक्षक जितेन्द्र यादव, राजेश यादव, अजय साह, शिक्षिका बबिता यादव, बिनिता यादवको समेत उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक केदार यादवले जानकारी दिए ।























