प्रभु साह गद्दार हुन: महासचिव पोखरेल


रौतहट । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधब नेपाल नेकपा एमाले पार्टीको प्रमुख हुदा गुट मात्रै चलाएको आरोप लगाएका छन् । करिब ३० बर्षपछि रौतहट आएका महासचिब पोखरेलले १५ बर्षसम्म त माधब नेपालले पार्टीका अन्य नेताहरुलाई आउनै नदिएकोसमेत आरोप लगाएका छन । रौतहटको सदरमुकाम गौरमा आयोजित प्रतिनिधि परिषद भेलालाइ सम्बोधन गदै महासचिब पोखरेलले यस्तो बताएका हुन । महासचिव शंकर पोखरेलले पाटीमा रहँदा माधव कुमार नेपालले गुटगत राजनिति मात्रै गरेको बिकासतर्फ कुनै चासो नदिएको कारण बिकासमा मधेशपछि परेको बताएका छन ।
रौतहट जिल्ला नेपालको कब्जामा रहने गरेको उनले बताएका छन् । एमालेमा रहँदा नेता नेपाल वाहेक गृह जिल्लामा कोहीलाई आउन नदिएको पोखरेलको आरोप छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत सामाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगरसमेत रहेको गौरमा महासचिव पोखरेलले १५ बर्ष पार्टी चलाउदा तहसनहस बनाएको बताए ।
पछिल्लो पटक प्रभु साहले एमालेलाई धोका दिएकोसमेत महासचिब पोखरेलले बताए । प्रभु साहले मधेशका साथीहरुको टिकट ल्याएर अन्य पार्टीसंग साँठगाँठ गरेर एमालेसंग अन्तरघात गरेपनि नेकपा एमाले संघिय संसदमा मधेश प्रदेशमा ठुलो दल भएको बताए । एमाले आफनो स्थानमा त छदैछ साहको भोलीको अवस्था के होला ? कस्तो राजनीति गर्ला ? जनताहरुले त्यस्ता अन्तरघातीलाई चिनिसकेको अव उसको दिन गयो, फर्केर नआउनेसमेत महासचिव पोखरेलले स्पष्ट पारे । मधेशका नाममा राजनीति गर्नेहरु काम नगरी भाषणमा मात्रै सिमित रहेको गम्भीर आरोप लगाउदै मधेश र मधेशी जनताहरुको हकहितमा काम गर्ने एक मात्र पार्टी नेकपा एमाले रहेका बताए ।
महासचिब पोखरेले भने ‘मधेशको वास्तबीक मसिहा त एमाले अध्यक्ष केपी ओली हुन’ । उनले थपे ‘ जसले मधेशमा हुलाकी सडक निमार्ण, सुनकोशी मरिन डइभर्सनलाई गति दियो, सुनकोशी कमला डाइभर्सन परियोजनाको अध्ययनलाई अगाडी बढायो उही मधेशको मसिहा हो ।’त्यति मात्रै नभई पूर्व पश्चिम राजमार्ग देखि सदरमुकामसम्म चार लेनको सडकलाई विस्तार गर्ने योजना एमालेकै सरकारको पालामा भएको उनले बताए । अहिलेको सरकार बिकास ठप्प पारेर बसेको महासचिब पोखरेलको आरोप छ ।
मधेशमा मधेशी दलकै नेतृत्वमा सरकार गठन भएपनि बेटी बचाउ बेटी पढाउमा ठूलो भ्रष्टाचार गरेको प्रमाण छलंग हुँदा अब साच्चै मधेशको मसिहा कुन पार्टी हो प्रष्ट पारे । मधेशी जनताको नाममा अनुदानमा दिएको रकम विनियोजन गर्दा “सरकारमा बसरे झण्डा हल्लाउनेर र भ्रष्टाचार गर्नमा मात्रै सिमित रहेको उनको भनाइ थियो । सन ८४ को लागि तराई मधेशका जिल्लाका जनताहरुको भावनालाई संग्रह गर्दै चाँडै हुलाकी राजमार्ग भएर एमालेको अभियान संचालन हुनेछ जुन मधेशलाई आत्मसाथ गर्दै नेपालमा एमालेमय हुने उनको दाबी छ ।
उक्त बैठकमा जिल्लामा रहेका केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, प्रथम प्रदेश अधिवेशन प्रतिनिधिहरु, नवौ र दशौ जिल्ला अधिवेशनको लागि निर्वाचित प्रतिनिधिहरु एवम् पार्टीबाट निर्वाचित सवै जनप्रतिनिधिहरु, नगर कमिटी पदाधिकारी तथा सदस्यहरु, जनबर्गिय संगठनका केन्द्रिय सदस्यहरु, जिल्ला समिती पदाधिकारीहरु र पार्टीका वडा कमिटी पदाधिकारीहरु सहभागिता रहेको थियो ।
नेकपा एमाले रौतहटको १० औ जिल्ला अधिवेशन यहि माघ २५ र २६ गते गरुडामा हुँदैछ । सो अधिवेशनलाई सम्वोधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने तय भएको छ । जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट देखि समिति उपसमिति गठन गरेर तयारी तिव्र पारिएको रौतहट एमालेले जनाएको छ ।
जिल्ला संयोजक सच्चिदानन्द साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोलिट ब्यूरो सदस्य ज्वाला साह, केन्द्रीय सदस्य उद्धबप्रसाद रेग्मी, अजयकुमार गुप्ता, रेखा झा, एमाले प्रदेश अध्यक्ष रामचन्द्र मण्डल लगायत सहभागी रहेको थियो ।























