रौतहटको एक कम्पनीमा मजदुरद्वारा तालाबन्दी


रौतहट, माघ १९ । राैतहटकाे बून्दावन नगरपालिकास्थित हर्षा चोकमा रहेकाे प्राईम सेराेमनि टायल कम्पनीमा शुक्रबार कामदारहरूले तालाबन्दी गरेका छन । चार महिनादेखि कामदारहरूले काम गरेका पैसा भुक्तानी नदिएका कारण तालाबन्दी गरेका हुन ।
कामदारले बितेका चार महिनादेखि कम्पनीमा काम गर्दै गरेका र अहिलेसम्म पनि गरिरहेका अबस्थामा ज्यादारी माग गर्दा कम्पनी मालिकले मजदुरहरूलाई गाली गलाेज गरी धाकधम्की समेत दिईरहे पछि तालाबन्दी गरेको मजदुरहरुले बताए । काम गरेको पारिश्रमिक माग्दा मजदुरलाई पैसा नदिएकाले सबै मजदुर मिलेर ईलाका प्रहरी कार्यालय गरूडामा उजुरी समेत दिएकाे बताए ।
पारिश्रमिक नदिए सडक आन्दोलनको रुपमा राजमार्ग लगायतका हाट बजार बन्द गर्नसमेत तयारी गरेको बताए । अहिले कम्पनीको गेटमा मात्र तालाबन्दी गरेका छौ । अब सडक आन्दोलनको लागि सहभागी हुन मजदुरहरुलाई आह्वानसमेत गरेको कुनदन दासले बताए ।























