सर्लाही प्रहरीद्वारा नक्कली नाेट १ लाख ७२ हजारसहित दुई जना पक्राउ


सर्लाही, माघ १९ । सर्लाहीको हरिवनबाट प्रहरीले बिहीबार १ लाख ७२ हजार नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका–२ का ३६ वर्षीय संजय सहानी र सर्लाहीको बलरा नगरापालिका–७ का २७ वर्षीय अमरेन्द्र महरा छन् ।
प्रहरीले उनीहरुको साथबाट २१ बण्डलमा बीचमा पेपर तल र माथि केही हजार दरका नक्कली नोट र ४ वटा बण्डलको तल र माथि केही हजार दरका नक्कली नोट तथा बीचमा टेस्टी बिस्कुटको पुरीया बरामद गरेको छ । २५ वटा बण्डलमा कूल १ सय ७२ थान हजारका नक्कली नोट फेला परेको प्रहरी निरीक्षक गिरीले बताए ।
यस्तै भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार सर्लाहीको बलरा नगरपालिका–७ का २७ वर्षीय अमरेन्द्र महराको साथबाट ८ ग्राम ८१० मिलीग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरु साथी रहेको र लालबन्दीतर्फ जाँदै गरेको खुलेको छ । नक्कली नोटको कारोबारमा अन्य पनि संलग्न रहेको आशंकासहित अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।























