गढीमाई नगरपालिकामा अर्धबार्षिक क्षयराेग समिक्षा गोष्ठि सम्पन्न

अशोक यादव
२०८० माघ १९ | बिहान ०६:१० बजे

रौतहट । राैतहटकाे गढीमाई नगरपालिकामा अर्धबार्षिक क्षयराेग समिक्षा गोष्ठि सम्पन्न भएकाे छ । बिहिवारका दिन गढिमाईकाे स्वास्थ्य कार्यालयकाे सभाहलमा एक कार्यक्रम बिच साे कार्यक्रम सम्पन्न भएकाे हो ।
बितेका आर्थिक बर्षकाे बारे कुष्ठराेग सम्बन्धि समिक्षा समेत गरेका छन । कु्ष्ठराेगबाट पालिकामा कति ब्यक्तिहरू प्रभावित भएका रहेको थियो र हालसम्म कति रहेका छन भने समस्या बारे छलफल गरेका हुन ।
साे कार्यक्रममा सुपरभाइजर महेश साह लगायत पालिका अन्तर्गत सबै स्वास्थ्य संस्थाका कार्यक्रम फोकल पर्सन, स्वास्थ्य शाखा तथा बागमती सेवा समाजका प्रतिनिधि लगायत २० जना सहभागिता रहेकाे डाक्टर लालबाबु साहले जानकारी गराए ।























