रौतहटको जुद्ध माध्यमिक विद्यालयको ८४ औ स्थापना दिवस भब्य सम्पन्न


रौतहट । रौतहटको सदरमुकाम गौरस्थित रहेको श्री जुद्ध माध्यमिक विद्यालयको ८४ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न भएका छन।
विद्यालयको ८४ औ स्थापना दिवसका अवसरमा उपस्थित गौर नगरपालिकाको मेयर शम्भु साहले आफ्नो मन्तव्यमा विद्यालयको अपुर्ण छात्रावासलाई नगरपालिकाको सहयोगमा पुर्ण व्यवस्थापन गर्ने गौर नगरपालिकाको मेयर साहले प्रतिबद्धता जनाएका छन। नगरप्रमुख शम्भु साहको प्रमुख आतिथ्यमा देशकै ऐतिहासिक श्री जुद्ध माध्यमिक विद्यालयले ८४ औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु भब्य रुपमा मनाइएको हो ।
सो कार्यक्रममा जिल्ला सभापति राम अयोध्या यादव, शिक्षा समन्वय इकाईका राम बिनय सिंह प्रशासकीय अधिकृत सुवास ठाकुर पुर्व शिक्षक श्री रमेश श्रीवास्तव, बिजय शंकर झा, उदय शंकर झा शंकर ठाकुर नागेन्द्र मण्डल, बिन्दा सहनी, चन्देश्वर राउत, प्रवीण ठाकुर लगायत नगर प्रवक्ता कुमार अर्जुन सिंहका साथमा हरिशंकर पाण्डे तथा विभिन्न वार्डका वडा अध्यक्षहरु नगर भित्र संचालनमा रहेको सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा बिद्यार्थीहरु, ब्यवस्थापन समितिका पदाधिकारीहरु प्रधानाध्यापक कामोद तिवारीको नेतृत्वमा सम्पुर्ण शिक्षक कर्मचारी तथा विद्यार्थीहरु समेतको उपस्थिती रहेको थियो।
कार्यक्रममा विभिन्न बक्ताहरुको बक्तव्य र साथमा संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रमले बार्षिकोत्सवलाई भब्य बनाएको थियो। कार्यक्रममा सांस्कृतिक तथा बक्तव्यका बिचमा अनिवार्य अवकाश पाएका सो विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई शिक्षाप्रेमी नगरप्रमुख साहले दोसल्ला ओढाई सम्मानित गर्नु भएको थियो।
सो कार्यक्रममा पुर्व शिक्षकले विद्यालयको स्थापनाको लागि राणा कालमा भए गरेका सघंर्षहरुको बारेमा आफ्ना अभिव्यक्ति राख्नु भयो। मेयर साहको अभिव्यक्तिले उपस्थित भएका शिक्षक कर्मचारी अभिभावक तथा विद्यार्थीहरुमा उत्साह ल्याएको थियो।























