त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक नेपाली चिकित्सकबाटै कलेजो प्रत्यारोपण

नवलपुर टुडे
२०८० माघ १८ | मध्यान्ह १२:१० बजे

काठमाडौ, माघ १८ । त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली मात्रै रहेर सफल कलेजो प्रत्यारोपण गरिएको छ ।
कलेजो प्रत्यारोपण विशेषज्ञ डाक्टर रमेशसिंह भण्डारी नेतृत्वको टोलीले गत पुस २७ गते नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो । उनलाई ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् ।
कलेजो प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य अवस्था राम्रो रहेको र आज डिस्चार्ज हुने डा. भण्डारीले जानकारी दिए । दाता श्रीमतीको भने १० दिन अगाडि नै डिस्चार्ज भइसकेको छ ।
यसअघि विदेशबाट आएका चिकित्सकहरूको सहयोगमा मात्रै कलेजो प्रत्यारोपण हुँदै आएको थियो ।























