अख्तियार र शिक्षा विकास समन्वय ईकाईको पत्रलाई अवहेलना गर्दै राैतहटका स्थानीय तह


रौतहट, माघ १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको आदेश र शिक्षा तथा मानव स्रोत, शिक्षा विकास समन्वय ईकाईको पत्रलाई रौतहटका स्थानीय तहले अवहेलना अभेलना गर्दै आएका छन् ।
बिगतका दिनमा राैतहटका विभिन्न विद्यालयहरूमा रहेका विद्यालय स्रोत व्यक्तिहरूलाई राैतहटका १६ वटा नगरपालिका र २ वटा गाउँपालिकाले अवहेलना गर्दै आएका हुन् । राैतहटका सबैपालिकाले आफ्नो निजि स्वार्थ पूरा गर्नकाे लागि विभिन्न बहानामा शिक्षाको नाममा अाफ्नो कामकाजको लागि बिगतका विद्यालयमा कार्यरत शिक्षकलाई विभिन्न विद्यालयबाट हेरफेर गरेर राखिएका छन् ।
नेपालमा स्थानीय तहकाे लागु भएकाे समयदेखि राैतहटका अधिकांश गाउँपालिका र नगरपालिकाले शिक्षाको नाममा ब्यापक काजसरूवा गरिरहेको देखिएकाे छ । कामकाे नाम राखेर अयोग्य ब्यक्तिलाई नगरपालिकाले शिक्षा संयाेजककाे जिम्मेवारी दिई स्थाई शिक्षकलाई दुख समेत दिईरहेकाे अख्तियार अनुसन्धानले प्रमाणित गरेका छन् ।























