प्युठानमा वेवारिसे अवस्थामा नवजात शिशु फेला

जगत ठाडा मगर
२०८० माघ १७ | बिहान १०:१० बजे

प्युठान, माघ १७ । प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरी) फेला परेको छ । होटेल आयुष्मा नजिकै जस्ता(टिन)को छाप्रोमा सालनालसहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा शिशु फेला परेको हो ।
बुधबार बिहान करिब ७ बजेको समयमा बच्चा रोएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए । शिशु जिवित रहेको र अहिले जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।
बच्चा कसले फालेको हो भन्ने कुरो पत्ता नलागेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।























