मधेश प्रदेश

बिपन्न र गरिब परिवारलाई न्यानाे कपडा बितरण

अशोक यादव
२०८० माघ १२ | मध्यान्ह ०३:१० बजे

रौतहट, माघ १२ । राेैतहटकाे देवाही गाेनाही नगरपालिकामा आज कपडा बितरण कार्यक्रम सम्पन्न भएकाे छ । गृहनी संघ नेपाल काठमाडौद्वारा शुक्रबार देवाही गाेनाही नगरपालिकाकाे उचिडिह टाेलमा एक कार्यक्रम बिच साे कार्यक्रम सम्पन्न भएकाे छ ।

अधिक चिसाे भएकाले चिसाेबाट बच्नका लागि अति बिपन्न गरिब घर परिवारका बालबालिकालाई १०० वटा ब्ल्याङ्केट, टोपी, स्विटर, महिलाहरूलाई साडी तथा बच्चाहरुको न्यानो लुगा लगायत २५० जनालाई बितरण गरिएकाे छ ।

बालबिक्रम कार्की र नमूना विद्यालय चपुरको सहयाेगमा कार्यक्रमकाे आयाेजना गरिएकाे कपा एमालेकाे मधेश प्रदेश प्रचारप्रसारका सचिव रूपेश पटेलले जानकारी गराए ।

कमेन्टहरु