नेकपा एमाले गढिमाई नगर कमिटिको बैठक सम्पन्न


रौतहट, माघ ११ । नेकपा एमालेको गढिमाई नगर कमिटीको बैठक आज सम्पन्न भएकाे छ । राैतहटकाे गढिमाई नगरपालिकाकाे सुन्दरपुरमा आज एक कार्यक्रम बिच साे कार्यक्रम सम्पन्न गरेकाे छ ।
प्रदेश सदस्य तथा प्रतिनिधि चयनको पालिका निर्वाचन प्रमुख रामजी साहको प्रमुख आतिथ्यमा साे कार्यक्रम सम्पन्न भएकाे हो । साथै प्रदेश कमिटी सदस्य रीता बस्नेत, निवर्तमान जिल्ला उपाअध्यक्ष दीपक राय यादव, जिल्ला कमिटी सदस्य राम अधार राय यादव र विभिन्न वडा कमिटीको अध्यक्ष समेतको उपस्थिती रहेकाे थियो ।
नगर संयोजक रामाकान्तयादवको अध्यक्षतामा अगामी २०८०/१०/२५ र २६ को जिल्ला अधिवेशनको तयारी, जनसहभागिता, ब्यबस्थापन, प्रतिनिधि चयन कार्यक्रमलाई बढि भन्दा बढि जनसहभागिता जनसक्ति सहभागी गराउने तथा सभ्यका साथ कार्यक्रमलाई सफल बनाउने सहितका प्रस्तावहरु माथि छलफल तथा निर्णय गरिएको बताए ।
साे कार्यक्रममा ३० जना सहभागिता रहेकाे थियाे ।























