मधेश प्रदेश

समाजवादी प्रेस संगठनको जिल्ला सम्मेलनको तयारी पुरा

रंजित चौरसिया
२०८० माघ ११ | मध्यान्ह ०७:१० बजे

वीरगंज ११ माघ । समाजवादी प्रेस संगठन नेपाल पर्साको जिल्ला सम्मेलनको तयारी पुरा भएको छ । १२ गते शुक्रवार हुने जिल्ला सम्मेलनमा संगठनका क्रियाशिल सदस्यहरुको सदस्यता नविकरण भईसकेको र ईच्छुक नयाँ सदस्यहरुले सदस्यता लिएकोमा वहाँहरुलाई पनि सहभागी गराई सम्मेलन भव्यतापूर्वक सम्पन्न गर्ने सम्मेलन आयोजक कमिटीका संयोजक आशमहम्मद मियाँले बताए ।

सम्मेलनमा सांगठनिक तथा आर्थिक प्रतिवेदन माथि छलफल भए पछि नयाँ नेतृत्वको चयन हुने संयोजक मियाँले बताए ।

कमेन्टहरु