लुम्बिनी प्रदेश

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेसकी सापकोटा र माओवादी केन्द्रका सुवेदी विजयी

जगत ठाडा मगर
२०८० माघ ११ | मध्यान्ह ०४:१० बजे

बुटवल, माघ ११ । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

बिहीबारको भएको निर्वाचनमा महिला क्लष्टरमा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा दुई हजार ७५६ मतभारसहित निर्वाचित भएकी छिन् । उनले नेकपा (एमाले)की तुलसाकुमारी केसीलाई पराजित गरेकी हुन् । केसीले एक हजार ५३७ मतभार प्राप्त गरिन् ।

अन्य कोटामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार झक्कु सुवेदी निर्वाचित भएका छन् । सुवेदी दुई हजार ७५६ मतभारसहित विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का झपेन्द्रबहादुर घर्ती क्षेत्रीले एक हजार ६४३ मतभार प्राप्त गरे ।

जनमत पार्टीका बालगोविन्द चौधरीले २ सय १२ मतभार प्राप्त गरे । १०६ मतभार बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

कमेन्टहरु