देश

मेसीलाई पछि पार्दै बनाए रेकर्ड भारतका कप्तान सुनील क्षेत्रीले

नवलपुर टुडे
२०७८ जेष्ठ २५ | बिहान ०९:०२ बजे

काठमाडौ । भारतीय राष्ट्रिय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ७४ पुर्‍याएका छन् ।

उनले भारतका लागि अहिलेसम्म ११७ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । सोमबार राति कतारको दोहामा भएको विश्वकप छनोट अन्तर्गतको खेलमा सुनीलले बंगलादेशविरुद्ध दुई गोल गरेका थिए। खेलमा भारतले २-० को जित निकालेको थियो। सो जित भारतले जारी विश्वकप छनोटमा हात पारेको पहिलो जित हो।

दुई गोल गरेसँगै सुनील अहिले सक्रिय खेल जीवनमा रहेका खेलाडी मध्ये बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिए । सक्रिय खेलाडी जीवनमा रहेका खेलाडी मध्ये सर्वाधिक गोल गर्ने खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो हुन्। उनले देशका लागि अहिलेसम्म १०३ गोल गरिसकेका छन्।

तेस्रो स्थानमा युएईका अली अहमद छन् । उनले ७३ गोल गरेका छन्। चौथो स्थानमा रहेका अर्जेन्टिनाका कप्तान लिओनल मेसीले ७२ गोल गरेका छन्। मेसीले अर्जेन्टिनाका लागि १४३ खेल खेलेका छन् । सुनील सोमबारसम्म हाल सक्रिय खेल जीवनमा रहेका खेलाडी मध्ये सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेसीसँगै तेस्रो स्थानमा थिए।

सोमबार दुई गोल गरेपछि उनले मेसी र युएईका अली अहमदलाई पछि पारे हो ।

कमेन्टहरु