लुम्बिनी प्रदेश

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा मतदान सुरु

जगत ठाडा मगर
२०८० माघ ११ | बिहान ०९:१० बजे

बुटवल, माघ ११ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनकाे लागि मतदान कार्य प्रारम्भ भएको छ । पहिलो मतदान प्रदेश सभा सदस्यतर्फ मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्थानीय तहतर्फ घाेराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मतदान गरेका छन् । 

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले महिला क्लस्टरमा गुल्मीका विष्णुकुमारी सापकोटा र नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा एमालेले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री, महिलातर्फ दाङका तुलसा कुमारी केसीलाई उम्मेदवार बनाएको छ ।

यस्तै राप्रपाले महिला क्लस्टरमा कपिलवस्तुकी विजया लक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ भने जनमत पार्टीले अन्य क्लस्टरमा नवलपरासीका बाल गोविन्द चौधरी उम्मेदवार बनाएका छन् । 

कमेन्टहरु