प्रदेशिक अस्पताल गाैरमा आकस्मिक सेवा बाहेक सबै सेबा बन्द


रौतहट, माघ १० । रौतहटको सदरमुकाम गौरस्थित रहेको प्रादेशिक अस्पतालका डाक्टरहरुले तलब भत्ताको माग गर्दै अकासमिक सेवा बाहेक सबै सेवा बन्द गरेको छ ।
गौर प्रादेशिक अस्पतालमा राजनीतिक हस्तक्षेपका कारण विगत ६ महिनादेखि चिकित्सक र स्वास्थ्यकर्मी पीडित रहेको आन्दोलनरत चिकित्सकले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले विगत ६ महिनादेखि भत्ता र तीन महिनादेखि तलब पाउन नसकेको विज्ञप्तिमा भनिएको छ ।
विगत तीन महिनादेखि तलब भत्ताबाट बंञ्चित चिकित्सहरुकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेपछि बिरामीहरु मारमा परेका हुन् । तलब भत्ताको माग गर्दै माघ ७ गतेदेखि चिकित्सकहरुले सेवा बन्द गर्दा बिरामीहरु मर्कामा परेको छन् ।
आफ्ना माग पुरा नहुँदासम्म अस्पतालको सबै सेवा बन्द हुने अस्पतालका चिकित्सक डा। गोपाल गुप्ताले जानकारी दिए ।
यस बिषयबारे प्रादेशिक अस्पताल गौर व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी संग बुझदा आफु अस्पतालको समस्यालाई लियर मन्त्रालयसँग कुराकानी भएको र अबको दुई तिनदिनमै समस्या समाधान गरिने बताए ।























