रौतहटको चन्द्रपुर र माधब नारायण नगर कमिटिको बैठक सम्पन्न


रौतहट, माघ १० । नेकपा एमालेको रौतहट जिल्ला अधिवेशनको तयारी तथा व्यवस्थापनका बारेमा रौतहटको चन्द्रपुर र माधब नारायण नगर कमिटिको बैठक बुधबार सम्पन्न भएको छ । दुबै नगर कमिटिको बैठकमा जिल्ला अधिवेशनका लागि आवश्यक तयारी तथा व्यवस्थापन लगायतका बिषयमा छलफल भएको थियो ।
आउँदो माघ २५ र २६ गते हुने १० औ जिल्ला अधिवेशनको तयारी र सहभागिता तथा प्रतिनिधि चयन छनौटको बारेमा चन्द्रपुर नगर कमिटिको बैठकमा छलफल भएको नेकपा एमाले मधेश प्रदेश उपसचिब आरती भण्डारीले बताउनुभयो । उहाँका अनुसार माघ १३ गते एकै दिन पालिका अधिवेशन गरी प्रतिनिधि चयन गर्ने तयारी छ । यहाँका १८ वटा पालिकामा एकै दिन प्रतिनिधि चयन गर्ने योजनाका साथ तयारी तिव्र पारिएको उहाँले जानकारी दिनुभयो ।
नगर तथा जिल्ला अधिवेशनलाई भब्य र सभ्य बनाउनका लागि बिभिन्न निर्णय समेत गरिएको उहाँको भनाई छ । जिल्ला अधिवेशनको तयारीका बिषयलाई लिएर प्राय: दैनिक जसो विभिन्न स्तरमा छलफलका कार्यक्रम भैरहेको पाटीका उप सचिव भण्डारीले बताउनुभयो । नेकपा एमालेका केन्द्रिय सदस्य तथा चन्द्रपुर नगरपालिका इन्चार्ज उद्धब प्रसाद रेग्मीले अधिवेशनको तयारीमा जुट्न आग्रह समेत गर्नुभयो ।
जिल्ला अधिवेशनमा प्रतिनिधि चयन प्रक्रियामा बिधान अनुसार गर्न केन्द्रिय सदस्य रेग्मीले सुझाव समेत दिनुभयो । नेकपा एमालेले जिल्ला अधिवेशनका लागि मंञ्च व्यवस्थापन, स्वयमसेवक परिचालन, प्रचार प्रसार लगायतका विभिन्न समिति तथा उपसमिति बनाएर व्यवस्थापनमा जुटेको उहाँले जानकारी दिनुभयो । नेकपा एमाले रौतहटले जिल्ला अधिवेशनमा सहभागी हुन वडास्तरसम्मका नेतालाई भनेको छ ।
बैठकमा नेकपा एमाले मधेश प्रदेश कमिटि सदस्य बिर बहादुर गोले, जित बहादुर बिक, जनपरिचालन कमिटिका संयोजक बावुराम दाहाल, नेकपा एमाले चन्द्रपुर नगर कमिटि उपाध्यक्ष राजेन्द्र तिवारी लगायतको उपस्थिती रहेको थियो । बैठक नगर कमिटीका अध्यक्ष शिव प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।
यसैगरी माधब नारायण नगर कमिटिको बैठकमा केन्द्रिय सदस्य तथा नगर इन्चार्ज अजय कुमार गुप्ताले अधिवेशनलाई भब्यतापुर्वक सफल पार्न तयारी भइरहेको जानकारी दिनुभएको छ ।
माधब नारायण नगर कमिटी अध्यक्ष उपेन्द्र साहको अध्यक्षतामा भएको बैठकमा जिल्ला संयोजक सचिदानन्द साह, प्रदेश कमिटी सदस्य अंशु सिंह, जिल्ला कमिटी सदस्य राजकुमार राय, जीतेन्द्र प्रसाद, जमिलकर मंसुरी, राजीव कुमार यादव, स्कुल बिभाग सदस्य भाग्य नारायण महतोसहित पालिका भित्रका सम्पुर्ण जिल्ला कमिटी सदस्य तथा नगर कमिटी सदस्य वडा कमिटीको अध्यक्षहरुको उपस्थीती रहेको थियो ।























