मधेश प्रदेश

बैकहरुको ज्यादती बिरुद्ध आजपाद्वारा भोलि मधेश प्रदेश बन्दको आह्वान

अशोक यादव
२०८० माघ १० | मध्यान्ह ०७:१० बजे

रौतहट, माघ १० । बैंकहरुको ज्यादती विरुद्ध आम जनता पार्टीले मधेश बन्दको आह्वान गरेको आइटी आर्मीको देवाहीगोनाही नगर अध्यक्ष बिरबल महतोले जानकारी दिएको छ । मधेश बन्द आह्वानको पूर्व सन्ध्यामा सञ्चारकर्मीहरु सँग कुराकानी गर्नुु हुँदै उनले यस्तो बताएका हुन् ।

आम जनता पार्टीको मधेश प्रदेश कमिटिले बैैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुविक्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन माघ ११ गते मधेश प्रदेश बन्द गर्ने निर्णय गरेको बताए ।

उनले भने,“बैंकहरु जुन आतंक मच्चाएको हो,त्यसलाई हामी समाप्त पार्ने छौं । मजदुर, किसान, व्यापारी लगायत आम जनतासँग भोलीको मधेश प्रदेश बन्द सफल पार्न आह्वान गरेका छन । बैंकहरुको ज्यादती विरुद्ध यदि हामी खडा भएनौ भने उनीहरुको ज्यादती अझै बढ्दै जानेछ । त्यसैले हामी यसलाई रोकौं ।”

वास्तवीक किसानहरुले ऋण नपाइरहेको उनको भनाइ छ । बैंकहरु लुट्ने काममा लागि परेको उनको आरोप छ । बैंकले गर्दा गरिबी बढेको छ । आम जनता सँग पैसा छैन् । आर्थिक तंगीमा सर्वसाधारण छन् । त्यसैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । व्यवसायीलाई उद्धार गर्न हामीले बन्दको आह्वान गरेका हौं । यसबाट व्यापारीहरु मर्का पर्दैन्न् कि उनीहरुको समस्याको गाँठो फुक्नेछ ।

त्यसैले हामीलाई साथ दिनुस् आम जनता पार्टीको मधेश प्रदेश बन्द कार्यक्रमलाई सफल पारौं भन्दै महतोले आम जनतामा आग्रह गरेका छन् ।

कमेन्टहरु