पुर्वी नवलपरासीको त्रिवेणी ब्यारेज पुलबाट खसेर एकको मृत्यु


नवलपरासी, माघ १० । पुर्वी नवलपरासीको त्रिवेणी ब्यारेज पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । मंगलबार मध्यान्ह ५:५० बजेको समयमा बिनयी
त्रिवेणी गाउँपालिका- ७ ब्यारेजपुल स्थित ब्यारेजपुलको २४ नम्बर ढोकाबाट खसेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका- ८ स्थायी घरभई हाल पुर्वी नवलपरासी बिनयी त्रिवेणी गाउँपालिका- ७ स्थित बाटोमा मागी हिड्ने अन्दाजी ४५ बर्षको कृष्ण दराई रहेको पुर्वी नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक गोपाल चालिसेले जानकारी दिएका छन ।
दराईले मादक पदार्थ सेवन गरी हिड्दै गर्दा अचानक पुलबाट खसेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गई निजलाई उद्धार गरी उपचारको लागी सहिद स्मृति सामुदायिक अस्पताल बर्दघाट नवलपरासी पश्चिममा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको चालिसेले बताए ।
मृतक दराईको बारेमा आफन्तलाई जानकारी दिई थप अनुसन्धान कार्य भैइरहेको चालिसेले बताए ।























