सिचाइका लागि डिप बोरिङको शिलान्यास

अशोक यादव
२०८० माघ १० | मध्यान्ह १२:१० बजे

रौतहट, माघ १० । रौतहटको चन्द्रपुर नगरपालिका- ७ स्थित आवास टोलमा सिचाईका लागि डिप बोरिङ्ग शिलान्यास गरेकाे छ ।
राैतहटकाे क्षेत्र नम्बर १ मा पर्ने टाेलमा नेकपा माओबादी पार्टीको मधेश प्रदेश सासंद समिर भट्टराईले बुधबार एक कार्यक्रमका बिच डिप बोरिङकाे शिलान्यास गरेको हो ।
स्थानीय जनताहरूकाे कूषि प्रति बढदाे आकर्षित चाहनाकाे मध्य नजर गर्दै कूषिकाे लागि चाहिने पानीकाे आवशयकतालाई पुरा गर्दै र प्रत्येक खेत सिचाइमा अपुग पानीकाे मागलाई ध्यान दिदै यस्ताे कार्य गरेका हुन ।

नहर सिचाइले समयमा पानी नहरमा नदिदा बिभिन्न समयमा खेतबारीमा लगाईने बालिनालिलाई पानीकाे समस्यालाई समाधान गर्नकाे लागि डिप बाेरिङकाे शिलान्यास गरेकाे सासंद भट्टराईले बताए ।























