कटहरियामा लघुविक्त बैंकहरुको कार्यालयमा तालाबन्दी


रौतहट, माघ १० । मधेश प्रदेशमा आर्थिक मन्दीका कारण विभिन्न घटनाहरु बढ्दो छ । पछिल्लो समय भाषणमा सिमित रहेको लघुविक्त बैंकहरुमाथिको आक्रमण आज व्यवहारमै उत्रिएको छ । जिल्लाको चर्चित बजार कटहरियामा लघुविक्त बैंकहरुको कार्यालयमा झुण्ड्याएको ब्यानर च्यात्नुदेखि लिएर तालाबन्दीसम्म गरिएको छ ।
सम्पूर्ण वित्तीय शोषण र उत्पीडनविरुद्ध किसान मजदुर मोर्चाका मान्छेहरुले “लघुविक्त खारेज, लघुुविक्तको मनोमानी चल्दैन, किस्ता माग्न बन्द गर” लगायत नारावाजी गर्दै कटहरिया बजारमा रहेको लघुविक्त बैंकहरुको ब्यानर नै च्यातिदिएका छन् । मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति रौतहट र लघुुविक्त वित्तीय संस्थाविरुद्ध संघर्ष समिति रौतहटको आयोजनामा जम्मा भएका मान्छेहरुले लघुवित्तविरुद्ध प्रदर्शन गरेका छन् ।
मलबारहरुले कटहरियामा रहेको ७ लघुविक्त बैंकहरुको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । कटहरियामा रहेको मेरो माइक्रोफाइनान्स, डिप्रोक्स बैंक लगायतका बैंकहरुमा तालाबन्दी गरिएको हो । लघुवित बैंकको कारण धेरै मान्छेहरुले आत्महत्या गर्न बाध्य भएको उनीहरुको आरोप छ ।
कबहरु किस्ता माग्न जादा गाली, बेइज्जती गर्ने, दुव्र्यवहार गर्ने गरेको प्रर्दशनकारीहरुको भनाइ रहेको छ । प्रर्दशनकारीहरुले झुण्ड आउने खबरले लघुविक्त बैंकका कर्मचारीहरु कार्यालय नै बन्द गरेर फरार भएका थिए । प्रर्दशनको क्रममा सयौं मानिसहरुको सहभागिता रहेको थियो ।























