अपराध, लुम्बिनी प्रदेश

रामग्रामको धरपुरबाट लागुऔषधसहित एकजना पक्राउ

नवलपुर टुडे
२०८० माघ ९ | मध्यान्ह ०७:१० बजे

नवलपरासी, माघ ९ । पस्चिम नवलपरासीको धरमपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रामग्राम नगरपालिका- १५ डिगोल वस्ने अन्दाजी २४ बर्षको नुर मोहम्मद धुनिया रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई मंगलबार दिउँसो १ बजेको समयमा रामग्राम नगरपालिका- १८ धरमपुरस्थित भित्री सडक खण्डमा परासीबाट धरमपुरतर्फ आउदै गरेको अवस्थामा प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरी टोलीले शंका लागि लु ४४ प १५४२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल र लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

धुनियाले मोटरसाइकल पछाडि बोकेको झोलामा विभिन्न नामको लागुऔषध २०० सय पिस एम्पुल र ६०० सय ट्याब्लेट बरामद भएकोले थप अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बोहराले बताए ।

कमेन्टहरु