स्वास्थ्य

रौतहटको ईशनाथ नगरपालिकामा निःशुल्क आँखा शिविर

अशोक यादव
२०८० माघ ९ | मध्यान्ह १२:१० बजे

रौतहट, माघ ९ । रौतहटको ईशनाथ नगरपालिकामा नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंकाे संयुक्त आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

नगरपालिकाभित्रका अार्थिक रूपले कमजोर भई अपरेसन गराउन नसक्ने परिवारलाई विभिन्न आँखासम्बन्धि रोगको नि:शुल्क जाँच र चस्मा, मोतियाबिन्दु अपरेसन, औषधि, लैब चेकसहित जनसमुदाय प्रत्यक्ष रुपमा लाभान्वित हुने गरि निःशुल्क आँखा जाँच शिविर आज मंगलबार एक कार्यक्रमकाबिच सञ्चालन गरिएको हो ।

ईशनाथ नगरपालिकाकोे आयोजनामा नगरपालिका भरीका सबै वडामा विभिन्न मितिमा आँखा जाँच शिविर सम्पन्न गरेको नगर प्रमुख श्रीमती कौशल्यादेवीले बताएकी छिन् । साे शिविरमा करिब ४० जनाकाे सहभागीता रहेको थियो ।

photo 2024 01 23 12 19 45

कमेन्टहरु