Opens in a new tab

देश

काठमाडौं महानगरले सप्ताहव्यापी रूपमा सहिद दिवस मनाउने

नवलपुर टुडे
२०८० माघ ८ | बिहान ११:१० बजे

काठमाडौं । यस वर्ष पनि काठमाडौं महानगरपालिकाले बुधबार (माघ १०) देखि १६ गतेसम्म सप्ताहव्यापी रूपमा सहिद दिवसका कार्यक्रम गर्ने भएको छ।

महानगर प्रमुख बालेन्द्र शाहको अध्यक्षता गठित मूल समारोह समितिले माघ १० गते देखि १६ गते सम्म सहिदको सालिकमा माल्यार्पण र स्मृति सभाको आयोजना गरी मनाउने निर्णय गरेको हो।

माघ १० गते टेकु मचली, १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ भने माघ १६ गते शान्ति बाटिकाबाट प्रभात फेरी गर्दै लैनचौरमा पुगेर सहिद स्तम्भमा सभा हुने काठमाडौं महानगरपालिकाले जनाएको छ।

विसं २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा सप्ताह मनाउन थालिएको हो।

Sahid Saptaha Release 111

Sahid Saptaha Release 22

कमेन्टहरु