रौतहटमा आगलागीबाट लाखौ क्षती

अशोक यादव
२०८० माघ ७ | मध्यान्ह ०५:१० बजे

रौतहट, माघ ७ । रौतहटको एक ग्यास पसलमा अचानक आगलागी हुदा लाखौ क्षती भएको छ । रौतहटको कटहरिया बजारस्थित रहेको शिवशक्ति ग्यास पसलमा आज अचानक आगलागी हुदा पसलमा रहेको चुल्हो, भट्टि ८ थान, ग्यास ५० पिस र ब्यट्री ४ थान जलेर नष्ट भएको हो।
इलाका प्रहरी कार्यालय कटहरियाका अनुसार अचानक लागेको आगो निभाउने प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिएको बताए । प्रहरी टोली र स्थानीय पसलका मानिसहरुले आगो नियन्त्रणमा लिएर पसल पुर्णरुपमा क्षती हुनबाट बच्यो पसल संचालकले भने ।


















