धर्म–संस्कृति/रीतिथिति, मधेश प्रदेश

प्राण प्रतिष्ठाका दिन दिपोत्सको रूपमा मनाउन भगवानपुर गाउँपालिका अध्यक्षको आग्रह

रामएकवाल राम
२०८० माघ ७ | मध्यान्ह ०४:१० बजे

लहान, माघ ७ । भारतकाे अयाेध्यामा नवनिर्मित मर्यादा पुरुषोत्तम भगवान श्री राम मन्दिरकाे उद्घाटनको अवसरमा माघ ८ गतेको दिन सिरहाको भगवानपुर गाँउपालिकामा माछा,मासु र मदिराकाे बिक्रीवितरण नगर्न आग्रह गरेको छ।

गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले आईतवार एक सार्वजनिक सूचना जारी गर्दै अयाेध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ८ गते गाँउपालिकाभित्र कुनै पनि पशु, जीवकाे बध तथा मदिराकाे बिक्रिवितरण नगरिदन आग्रह गरेका छन।

साथै भगवानपुर गाँउपालिकामा राम मन्दिरकाे उद्घाटनका दिन साँझ गाँउपालिकामा रहेका हरेक घरघरमा दीप प्रज्वलन गरी दिपावली मनाउन पनि अध्यक्ष यादवले आग्रह गरेका छन।

कमेन्टहरु