देश

काठमाडौंको सानो भर्‍याङस्थित सेनिटाइजर उद्योगमा प्रहरीले छापा

नवलपुर टुडे
२०७८ जेष्ठ २४ | मध्यान्ह ०३:०२ बजे

काठमाडौ । काठमाडौंको सानो भर्‍याङस्थित सेनिटाइजर उद्योगमा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका इन्सपेक्टर राजन लामा नेतृत्वको टोलीले भारत घर भएका रोशन जैसवालले संचालन गरेको उद्योगमा छापा मारेको हो ।

बिना दर्ता उद्योग संचालन गर्ने भारतिय नागरिक जयसवाल फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

प्रहरीले ठुलो परिमाणमा ‘क्लिन ह्यान्ड रव’ लेखिएको सेनिटाइजर बरामद गरेको छ । कम्पनीका मेनेजर धादिङ घर भएका दिपक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु